एनपीएल : लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य

एनपीएल : लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनायो।

जसमा दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३० रनको योगदान गरे।