एनपीएल फाइनल : टस जितेर बलिङ गर्दै सुदूरपश्चिम, लुम्बिनी पहिले ब्याटिङमा

एनपीएल फाइनल : टस जितेर बलिङ गर्दै सुदूरपश्चिम, लुम्बिनी पहिले ब्याटिङमा

काठमाडौं । राजधानीको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यससँगै साबिक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो भने लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । सुदूरपश्चिम लगातार तेस्रो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघिका दुई संस्करणमा पहिलो संस्करणमा जनकपुरसँग र दोस्रो संस्करणमा लुम्बिनीसँग पराजय व्यहोरेको सुदूरपश्चिम यसपटक भने पहिलोपटक च्याम्पियन बन्ने दाउमा छ ।

उता, गत संस्करणको विजेता लुम्बिनी लायन्स पनि आफ्नो उपाधि रक्षा गर्दै लगातार दोस्रो पटक ट्रफी उचाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । आजको यस फाइनल खेलमा सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका छन् भने लुम्बिनीको कप्तानी रोहितकुमार पौडेलले सम्हालेका छन् ।

धेरै पढिएको