राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकीयो

राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकीयो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको छ । आयोगले गृहमन्त्री रामबहादुर थापाको स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ। सोही अनुसार निर्वाचनको लागि मिति तोकिएको हो।