तत्कालै बैठकस्थल छोड्न माधव नेपाल समूहलाई प्रहरीको दबाब

तत्कालै बैठकस्थल छोड्न माधव नेपाल समूहलाई प्रहरीको दबाब

नेकपा एमालेको नुवाकोट जिल्ला कमिटी बैठक बसिरहँदा प्रहरीले बैठकस्थल छोड्न दबाब दिएको छ। एमालेभित्रको विवादका कारण लगाइएको ताला फोडेर एमालेका नुवाकोट अध्यक्ष नारायण खतिवडाको समूहले बैठक आयोजना गरेपछि प्रहरीले बैठकस्थल छोड्न दबाब दिएको हो।

नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन्। ६५ सदस्यीय जिल्ला कमिटीमा ४५ जना माधव नेपालको पक्षमा छन्। नुवाकोटमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओली समूहले समानान्तर कमिटी गठन गरेको छ। ओली पक्षले बद्री मैनालीलाई अध्यक्ष बनाएको छ। मैनाली २०७५ जेठ २ अघि जिल्ला कमिटीको उपाध्यक्ष थिए।

'विवाद भए पनि पार्टी कार्यालय दुवै पक्षले प्रयोग गरेका थियौं। तर अहिले भने शक्तिको आडमा हामीलाई निकाल्न खोजिएको छ,' एमाले नुवाकोटकी सदस्य उषाकिरण तिम्सिनाले भनिन्,'प्रहरीले तपाईंहरू यहाँबाट जानुस् भनिरहेको छ। हामीले आवश्यक परेमा प्रतिकार गर्ने तर बैठकस्थल नछोड्ने भनिरहेका छौं।'