माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

उनले बैठकमा वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता, आगामी सरकार निर्माणलगायतका बारेमा छलफल हुने बताए । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा सम्भवत आज निर्णय गर्ने नेता पौडेलले जानकारी दिए ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला संसदको अधिवेशन सोमबार अन्त्य गरिएपछिको आगामी रणनीतिका बारेमा माओवादी केन्द्रले छलफल गर्ने भएको छ । सोमबार बस्ने भनिएको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित भएको थियो ।