माओवादी केन्द्रले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन, दुई मन्त्रीले दिए राजीनामा

माओवादी केन्द्रले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन, दुई मन्त्रीले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो।

माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका कुलप्रसाद केसी र सुदर्शन बरालले राजीनामा बुझाएका छन् । उनीहरुले मुख्यमन्त्री शंकर पोखरेललाई राजीनामा पत्र सोमबार बुझाएका हुन् ।

केसी आन्तरिक मामिला तथा कानुन मन्त्री र बराल सामाजिक विकास मन्त्री थिए ।