सरकारलाई दिएको समर्थन फिर्ता लिन बस्ने भनिएको माओवादी स्थायी कमिटी बैठक स्थगित

सरकारलाई दिएको समर्थन फिर्ता लिन बस्ने भनिएको माओवादी स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ । सोमबार १ बजेका लागि बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । 

‘सोमबारलाई बोलाएको स्थायी समिति बैठक मंगलबार १ बजे सम्मका लागि स्थगित भएको छ’, सचिव ढकालले भने, ‘सायद नेताहरुको कार्यव्यस्तताले हुनसक्छ ।’

माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको थियो । अब सरकारलाई दिएको समर्थन पनि भोलि नै फिर्ता लिइने माओवादी निकट स्रोतले जानकारी दियो ।