सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

काठमाडौं । माओवादी केन्द्रले आज दिउँसोका लागि स्थायी कमिटी बैठक डाकेको छ। बैठक केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने र पार्टीले कस्तो कदम चाल्ने भन्ने विषयमा छलफल हुने उनले बताए। 

पछिल्लो पटक माओवादीले केपी ओलीको सरकारको विकल्प खोजिरहेको छ। यद्यपि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। यस सन्दर्भमा कांग्रेस, जसपालगायतका दलहरुले प्रश्न उठाइरहेको पनि छ। आजको बैठकले यससम्बन्धी निर्णय गर्न सक्ने साहले बताए। 

आजको बैठकले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्नेछ। सरकारलाई दिएको समर्थन आजै फिर्ता हुने स्रोतले बतायो ।