प्रधानमन्त्री ओलीको आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओलीको आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक विषयमा छलफल गर्ने तयारी छ ।

बैठकमा हिउँदे अधिवेशनबारे पनि छलफल हुनेछ । दलका नेताहरु बीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन ।