प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार (भोलि) का लागि सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ ।