कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार नेकपा एमालेले प्रदेशसभा सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका थिए । 

आफ्नो सरकार अल्पमतमा परेपछि संविधानमा भएको व्यवस्था बमोजिम मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री शाही नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसके अर्को सरकार गठन प्रकृया शुरु हुने छ ।

सरकारबाट बाहिरिएको एमालेले विश्वासको मत नदिने लगभग पक्का देखिन्छ । यसैबीच, नेकपा ९माओवादी केन्द्र० कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छिन् ।

कर्णाली प्रदेशमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।