रामदेवले ‘नेपालका राजा’ भन्दै गरे ज्ञानेन्द्रको भव्य स्वागत

रामदेवले ‘नेपालका राजा’ भन्दै गरे ज्ञानेन्द्रको भव्य स्वागत

काठमाडौं । धार्मिक कार्यक्रममा सहभागी हुन भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले योगगुरु रामदेवको पतञ्जली योगपीठ अवलोकन गरेकाच छन् । हरिद्वारको महाकुम्भ मेलामा गएका पूर्वराजा ज्ञानेन्द्र मंगलबार पतंजलीमा पुगेका थिए । उनलाई रामदेव आफैँले स्वागत गरेका थिए । पूर्वराजा ज्ञानेन्द्रलाई स्वाहत गर्दै सामाजिक संजालमा रामदेवले उनलाई नेपालका राजा बताएका छन् ।

उनले हिन्दीमा लेखेका छन् ‘नेपालका राजा श्री ज्ञानेन्द्र वीर विक्रम शाह जी ले आज पतञ्जली योगपीठ मा पधारेर सेवाकार्यहरूको अवलोकन गर्नुभयो।’ रामदेवले ट्विटरमा पूर्वराजा शाह सहितको तस्वीर समेत राखेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई पतञ्जली योगपीठमा रामदेवका सहयोगी आचार्य बालकृष्ण लगायतले स्वागत गरेको तस्विरमा देख्न सकिन्छ ।

रामदेवले पूर्वराजालाई ‘नेपालका राजा’ सम्बोधन गरेकोपछि उनको विरोध भएको छ । कतिपयले उनलाई ज्ञानेन्द्रलाई वर्तमान राजा बताएर नेपालको राजनीतिमा तुफान ल्याउन खोजेको आरोप लगाएका छन्।