‘दोर्जे डन ब्याक अगेन’को वैशाख ४ गते राष्ट्रिय नाच घरमा विशेष प्रदर्शन गरिने

‘दोर्जे डन ब्याक अगेन’को वैशाख ४ गते राष्ट्रिय नाच घरमा विशेष प्रदर्शन गरिने

काठमाडौ । कोरोना भाइरसका कारण खुम्चिएको हरेक व्यवसायहरु बिस्तारै तङ्ग्रीयसँगै तामाङ चलचित्र बजारमा पनि चहलपहल शुरु भएको छ । ‘सक्सेस फिल्म’को प्रस्तुतिमा भगवती मोक्तानको ‘दोर्जे डन ब्याक अगेन’ नामक तामाङ चलचित्रको काठमाडौंमा विशेष प्रदर्शन गरिने भएको छ । 

‘दोर्जे डन ब्याक अगेन’ यही वैशाख ४ गते दिउँसो १२ बजे काठमाडौंस्थित राष्ट्रिय नाच घर जमलमा विशेष प्रदर्शन गर्ने उक्त चलचित्रका नायक कुमार मोक्तानले जानकारी दिए । नायक कुमार मोक्तानले बताए अनुसार पोस्टर र चलचित्रको नाम झट्ट हेर्दा एक्सन प्रधान चलचित्र जस्तो लागेता पनि यस चलचित्रमा नेपालको सिमाङ्कनदेखी लभस्टोरीसँगै गाउँदेखी शहर बजार सम्मको परिवेशलाई समेटेर फरक तवरले चलचित्र निर्माण भएको निर्माणपक्षको दाबी छ ।

पछिल्लो समय तामाङ चलचित्र जगतमा दर्शकदिर्घाले अत्याधिक रुचाएका जोडिको रुपमा स्थापित भएका नायक कुमार मोक्तान र नायिका सीता लामा थिङको भने यस चलचित्रमा  पृथक रोल रहेको छ । यसअघि धेरै  तामाङ चलचित्रहरु निर्माण गरिसकेका भगवती मोक्तानले निर्माण गरेको ‘दोर्जे डन ब्याक अगेन’ मा नायिका सीता लामा थिङले नायिकाको रुपमा मात्र नभएर निर्देशकको जिम्मेवारी पनि संहालेकी छिन् । सीता लामा थिङले निर्देशन गरेको यस चलचित्रमा नायक कुमार मोक्तान, निर्देशकद्वय नायिका सीता लामा थिङ, नयिका पुजन लामा, नव नायिका सुजिना गोले, खलनायक बिकास स्याङ्तान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल लामा, चन्द्र लामा, गोर्खा घिसिङ, अरुण लामा लगायतका कलाकारहरु रहेका छ्न भने कथा र स्क्रीप्ट प्रकाश मोक्तानको रहेको छ ।

चलचित्र प्रदर्शन हुनु पुर्व नै ‘दोर्जे डन ब्यक अगेन’भित्र समाबेश गरिएका ५ गीतहरु सार्बजनिक भैसकेका छन् । गीतहरु मध्य आमा, एला मिरी, कोइसे बिला क्युटी लगायतका गीतहरु छोटो समयमा नै धेरै दर्शकहरुको माया पाइसकेका गीतहरु हुन ।
‘दोर्जे डन ब्याक अगेन’ समग्रमा समयसान्दर्भिक घटनाक्रमहरुलाई कथाबस्तुमा समाबेश गरी बनाएको चलचित्र भएको हुँदा दर्शकहरुले मन पराउनेछन भन्ने कुरामा आफू ढुक्क रहेको कुरा चलचित्रका निर्माता भगवती मोक्तानले बताइन् ।