ओलीले बोलाए महाधिवेशन आयोजक समितिको बैठक, नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी

ओलीले बोलाए महाधिवेशन आयोजक समितिको बैठक, नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीको  महाधिवेशन आयोजक समितिको बैठक बोलाएका छन् । ६ वैशाखमा महाधिवेशन आयोजक समितिको बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताए ।

यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उनले बताए । एमाले अध्यक्ष ओली पक्षीय केन्द्रीय कमिटीका सदस्यहरुको बैठकले एमाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ ।

गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ ।