शोकमा परे कांग्रेस नेता पौडेल

शोकमा परे कांग्रेस नेता पौडेल


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएको छ। चितवनको रत्ननगर बस्दै आएका माइला भाइ गोविन्दराजको निधनप्रति वरिष्ठ नेता पौडेलले गहिरो दुःख व्यक्त गरेका छन्।

आफ्नो राजनीतिक जीवनकालमा सधै सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले एक्लो भएको महशुस भएको पौडेलले बताएका छन्।

‘गोविन्द नाताले भाइ भए पनि मेरो साथी जस्तै गरि सबै कुरामा सहयोगी थिए’, पौडेलले भनेका छन्, ‘प्रिय भाइ गोविन्द तिम्रो आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु।