देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो।

यो बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको १४ औँ महाधिवेशनको तयारीबारे छलफल हुने भनिएको छ। भोलि (सोमबार) कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। केन्द्रीय कार्यसमिति बैठकअघि देउवाले पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि पहल गर्ने घोषणा गरेको कांग्रेसले आन्तरिक तथा बहुपक्षीय छलफललाई निरन्तरता दिएको छ । गएको शुक्रबार कांग्रेसले सत्ता समिकरणबारे नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग सानेपामा छलफल गरेको थियो ।