तक्मामा चुच्चे नक्सा हराएपछि प्रधानमन्त्रीलाई भीम रावलले लगाए यस्तो आरोप

तक्मामा चुच्चे नक्सा हराएपछि प्रधानमन्त्रीलाई भीम रावलले लगाए यस्तो आरोप

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले प्रदान गरेको तक्मामा नेपालको चुच्चे नक्सा हटाएको भन्दै आपत्ति जनाएको छ।  उनले ट्विटरमार्फत रष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो? भन्दै प्रश्न गरेका छन्।

राष्ट्रियताको चर्का कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जवाफ दिनुपर्ने उनले बताएका छन्। नेपाली भूभागको समेटिएको चुच्चे नक्सा नसमेटिनुको कारण बालुवाटारमा विदेशी गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको मन्त्रणा त होइन ? भन्दै प्रश्न गरेका छन्। 

उनले लेखेका छन्, 'राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो? प्रधानमन्त्रीले तुरुन्त जबाफ दिनुपर्छ। यसो हुनुको कारण कतै बालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?'