देउवाको नेतृत्वमा छिट्टै सरकार बन्छ : शशांक कोइराला

देउवाको नेतृत्वमा छिट्टै सरकार बन्छ : शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्ने बताएका छन्। उनले जनता समाजवादी पार्टी (जसपा)सँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने बताए। 

'शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। उहाँकै नेतृत्वमा अब सरकार बन्छ। यस विषयमा अन्य दलसँग छलफल जारी छ,' कोइरालाले भने, 'जसपासँग छलफल भइरहेको छ। उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ। जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुन्छ।' 

फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए। 'समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन' उनले भने।