गृहमन्त्री बादलसहित यी चार मन्त्रीको पद खुस्काउने पत्र दर्ता हुँदै

गृहमन्त्री बादलसहित यी चार मन्त्रीको पद खुस्काउने पत्र दर्ता हुँदै

काठमाडाैं । नेकपा माओवादी केन्द्रले आफ्नो दलको तर्फबाट मन्त्री बनेर एमालेतिर लागेका चार जनाको पद खुस्काउन आज या भोलिभित्रै संसद सचिवालयमा पत्र दर्ता गर्ने भएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा बसेर दल बदल गरेका छ जना मन्त्रीमध्ये चार जनाको सांसद पद नरहने गरी आज संसद सचिवालयमा पत्र दर्ता गर्न लागिएको स्रोतले बताएको छ । 

स्रोत भन्छ ‘आइतबार नै दर्ता गर्ने भनिएको थियो । आज दर्ता गरेपछि सम्भवतः सभामुखले एक सातापछि मात्रै त्यसको कार्यान्वयन गर्नुहुनेछ । त्यसपछि चार जना मन्त्रीको सांसद पद सकिनेछ । ’

शुरुमा पत्र दर्ता गर्ने र छ दिनपछि कार्यान्वयनमा लाने भन्ने सहमति थियो तर प्रमुख सचेतक देव गुरुङले छ दिनपछि पत्र दर्ता गर्ने भनेर बुझिदिनाले समस्या उत्पन्न भएको बताइन्छ ।

दल बदल गरेका कारण सांसद पद चट् हुनेहरूमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग मन्त्री लेखराज भट्ट,ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र शहरी विकास मन्त्री प्रभु साह छन् । खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा तामाङलाई भने दल बदलको कुनै असर पर्ने छैन । किनभने उनीहरू सांसद नै होइनन् ।

शुरुमा पत्र दर्ता गर्ने र छ दिनपछि कार्यान्वयनमा लाने भन्ने सहमति थियो तर प्रमुख सचेतक देव गुरुङले छ दिनपछि पत्र दर्ता गर्ने भनेर बुझिदिनाले समस्या उत्पन्न भएको बताइन्छ ।