नेपाल–खनाल पक्षलाई सूर्य थापाको व्यंग्य : न पार्टी, न चुनाव चिन्ह, विजोग होला है !

नेपाल–खनाल पक्षलाई सूर्य थापाको व्यंग्य : न पार्टी, न चुनाव चिन्ह, विजोग होला है !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूह अँध्यारो सुरुङमा फसेको बताएका छन्।

उनले नेपाल समूह सुरुङबाट अगाडि जान पनि नसक्ने र बाहिर निस्कन पनि नस्ने ठाउँमा पुगेको बताएका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै उनले नेपाल समूहसँग पार्टी, चुनाव चिन्ह र राजनीतिक एजेन्डा पनि नभएको आरोप लगाएका छन्। उनले गुट र समानान्तर समिति बनाउने रवैया र आत्मनिन्दाको बाटो छाडेर संयमित हुन आग्रह गर्दै त्यसो हुन नसके नेपाल समूहको विजोग हुनेचेतावनी समेत दिएका छन्।

‘माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन१ साथमा न पार्टी, न चुनाव चिन्ह, न त राजनीति नै छ। गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए विजोग होला है !’, थापाले ट्विटरमा लेखेका छन्।