चर्चित व्यवसायी रुप ज्योति पक्राउ, ठगी मुद्दामा अनुसन्धान हुने

चर्चित व्यवसायी रुप ज्योति पक्राउ, ठगी मुद्दामा अनुसन्धान हुने

काठमाडौं पूर्वमन्त्री एवम् व्यवसायी रुप ज्योति पक्राउ परेका छन्। ठगी मुद्दा अनुसन्धानको सिलसिलामा ज्योतिलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले ज्योतिलाई पक्राउ गरिएको जानकारी दिए।

करार बमोजिम हाउजिङ हस्तान्तरण नगरेको भन्दै विजेन्द्र कृष्ण मल्लले ज्योतिविरुद्ध जाहेरी दिएका थिए। काठमाडौँ जिल्ला अदालतले उनलाई पक्राउ गर्न ०७५ मंसिरमा नै अनुमति दिए पनि सर्वोच्च अदालतको आदेशका कारण रोकिएको थियो।

सर्वोच्चले कात्तिक १८ गते उक्त आदेश खारेज गरेपछि ज्योतिलाई प्रक्राउ गरेको हो।