नेपाल–खनाल पक्षको स्थायी समिति बैठक शुक्रबार बस्ने

नेपाल–खनाल पक्षको स्थायी समिति बैठक शुक्रबार बस्ने

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी समिति बैठक बस्ने भएको छ। शुक्रबार बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा स्थायी समितिको अनौपचारिक बैठक बस्ने भएको हो।

बैठकमा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल हुने छ। गत फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल पक्षलाई खबरै नगरी केन्द्रीय समिति बैठक बोलाएर महाधिवेशनको मिति घोषणा गर्ने, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेपछि एमाले विभाजनको संघारमा पुगेको छ।

नेपाल–खनाल पक्षले समानान्तर पार्टीको अभ्यास सुरु गरेको छ। केही जनवर्गीय संगठन र केही जिल्लामा पार्टीका समानान्तर कमिटी समेत बनेका छन। बिहीबारमात्रै नेता नेपालको उपस्थितिमा कास्की जिल्लामा समानान्तर कमिटी बनेको छ।