सर्वोच्चमा निवेदन दर्ता गरेपछि प्रचण्डले भने-पुनरावलोकन हुने विश्वास छ

सर्वोच्चमा निवेदन दर्ता गरेपछि प्रचण्डले भने-पुनरावलोकन हुने विश्वास छ

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले नेकपा नाम सम्बन्धमा परेको मुद्दामाथि सर्वोच्च अदालतबाट फागुन २३ गते भएको फैसला पुनरावेदनका लागि सर्वोच्च अदालतमा निवेदन गर्दा गराएका छन्। त्यसका लागि उनी मंगलबार आफ्नो पार्टीका शीर्ष नेताहरू र वरिष्ठ अधिवक्ताहरुका साथमा सर्वोच्च पुगेका थिए।

निवेदन दर्तापछि उनले विगतमा पनि कतिपय फैसला पुनरावलोकनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको बताए। ुहामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ। यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छु, प्रचण्डले भने।

नाम सम्बन्धमा रिट निवेदकको निवेदनभन्दा बाहिर गएर गरेको निर्णय सर्वोच्च अदालतले पुनरावलोकन गर्ने विश्वास प्रचण्डको थियो।  फागुन ११ मा गरिएको फैसलाले प्रतिनिधि सभा ब्युँतिएकोका देशले नै स्वागत गरेको उनले बताए। तर, फागुन २३ गते नेकपाको नाम सम्बन्धमा भएको फैसला भने आफूहरुलाई स्वभाविक नलागेको उनले टिप्पणी गरे।