माधव नेपाललाई कारबाही गरेपछि रामकुमारी झाँक्रीले ओलीलाई दिइन् यस्तो चेतावनी

माधव नेपाललाई कारबाही गरेपछि रामकुमारी झाँक्रीले ओलीलाई दिइन् यस्तो चेतावनी

काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई कारबाही गरेकोमा कटाक्ष गरेकी छन् । उनले ओलीको नाम नलिइकन सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको पछिल्लो कदमलाई घुमाउरो अर्थमा ‘कमजोर’ संज्ञा दिएकी छन्।

पार्टीको विधानविपरीत गएको भन्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल र भीम रावललाई कारबाही गरेपछि झाँक्रीले फेसबुकमार्फत कडा प्रतिक्रिया दिएकी हुन्।

फेसबुकमाले उनले लेखेकी छन्, ‘​कमजोरहरूको अन्तिम अस्त्र हो- जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस् – पृथ्वी गोलो छ ।’