पार्टीबाट निलम्बनमा परेपछि थपरणनीति बनाउँदै माधव नेपाल, स्थायी कमिटी सदस्यसँग आज छलफल गर्दै

पार्टीबाट निलम्बनमा परेपछि थपरणनीति बनाउँदै माधव नेपाल, स्थायी कमिटी सदस्यसँग आज छलफल गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती नेताहरुसँग छलफल गर्दैछन् । नेता नेपालले आजै दिउँसो १२ बजे खनाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् ।

नेता योगेश भट्टराईका अनुसार दिउसो स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको छ ।बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुनेछ । 

यसअघि सोमबार नै समानान्तर कमिटी बनाउँदै तलसम्म पुग्ने योजना बनाइसकेको सो समूहले थप छलफल गर्न लागेको स्रोत बताउँछ ।