नयाँ सरकार बनाउन निर्णायक भनिएको जसपाको बैठक नै स्थगित

नयाँ सरकार बनाउन निर्णायक भनिएको जसपाको बैठक नै स्थगित

काठमाडौं । नयाँ सरकार बनाउनेबारे निर्णय गर्ने भनिएको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै नबसी स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीइतरको गठबन्धन बनाउन इच्छुक नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको निर्णय पर्खेका थिए।

माओवादी केन्द्रका नेता वर्षमान पुनले पुस ५ को जसपा बैठकपछि कांग्रेस, माओवादी केन्द्र र जसपा गठबन्धनमा सरकार बन्ने दाबी गरेका थिए, तर त्यसो भएन।

तयारी नपुगेको बताउँदै जसपाले केन्द्रीय कार्यकारिणी बैठक स्थगित गरिदिएको छ। अध्यक्ष उपेन्द्र यादवले सरकार बनाउन अझै समय परिपक्क भइनसकेको बताए। उनले प्रधानमन्त्री पदमा ओलीलाई निरन्तरता दिने पक्षमा आफूहरू नरहेको प्रतिक्रिया दिएका छन्।

ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनुले संघीयता खारेजीलाई सहयोग पुग्ने उनको भनाइ छ। जसपाका एक जना नेताका अनुसार आज निश्चित एजेन्डा नै नभएकोले बैठक बस्न नसकेको हो।