राष्ट्रपति भण्डारीले राखेको सर्वदलीय बैठकमा डा. भट्टराई नजाने, यस्तो छ कारण

राष्ट्रपति भण्डारीले राखेको सर्वदलीय बैठकमा डा. भट्टराई नजाने, यस्तो छ कारण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रपति विद्यादेवी भण्डारीले राखेको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन्। स्वास्थ्यमा समस्या देखिएको भन्दै डा. भट्टराई बैठकमा नजाने भएका हुन् ।

फागुन १७ गते भारत पुगेर डा. भट्टराईले पेटको उपचार गरेका थिए। त्यसपछि पनि कोरोनाको खोप लगाएपछि डा. भट्टराईलाई ज्वरो आएको थियो। पछिल्ला दिन धेरै दौडधूप नगर्न उनलाई डाक्टरले सुझाव दिएका छन्।

राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे सर्वदलीय बैठक डाकेकी छिन्।  बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ।