होटलमा प्रहरीको छापा: ४ युवा युवती प्रहरी नियन्त्रणमा

होटलमा प्रहरीको छापा: ४ युवा युवती प्रहरी नियन्त्रणमा

धनगढी । कैलाली प्रहरीले होटलमा छापा हानेर ४ जना युवा युवतीलाई पक्राउ गरेको छ। मंगलबार साँझ धनगढीको बसपार्कस्थित लालीगुराँस होटलबाट १ युवती र ३ युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढीकै स्थानीय रहेका उनीहरुलाई शंकास्पद गतिविधिका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

होटलहरुमा अवैध यौनजन्य गतिविधि बढेको सुचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन।