भारतिय गायिका आशा भोस्ले भोली बिहान पशुपतिनाथको दर्शन गर्न जादै

काठमाडौं : साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल.आएकी छिन्। आफनो परिवार सहित गायिका भोस्ले हिजो काठमाडौं आईपुगेकी हुन् ।  उहाँले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो ।

गायिका आशा भोस्लेले आज दिउँसो २ बजे शीतलनिवासमा नेपालकी  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छिन् । भेटघाट सकिए पछि उनी रेडियो नेपालमा रिहर्सलका लागि गएकी छिन् । आशा भोस्ले भोली बिहान पशुपतिनाथको दर्शन गरिसके पछि सनिबार  सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा सहभागि हुनेछिन्।

गायिका आशा भोस्लेको पाँच दिनको नेपाल बसाईमा उनले नेपालको बिभिन चर्चित स्थानहरु पोखरा, मुक्तिनाथ, लुम्बिनी लगायतको भ्रमण गर्ने छिन् । यसले गर्दा नेपालको भ्रमण वर्ष २०२० को पनि प्रचारप्रसार हुने भएको छ । त्यस पछि उनि ३० तारिकमा नायाँ वर्ष २०२० आफ्नी दिदी लता मंकेशकरसंग मनाउन भारत फर्किने कार्यक्रम रहेको छ ।