चपलि हाईट अभिनेत्री बिनिता बराल आमा बनेकी छिन्

चपलि हाईट अभिनेत्री बिनिता बराल आमा बनेकी छिन्

काठमाडौं:अमेरिकामै विवाह गरेकी नायिका बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् । बिनिताले आफ्नो आधिकारिक फेसबुक अकाउन्ट मार्फत छोरीको जन्मबारे जानकारी दिएकी हुन् ।

उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’ बिनिताले विवाह गरेको केही समयभित्रै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् ।

विनिताले गत मे २७ तारिखमा लामो समयदेखि प्रेम सम्बन्धमा रहेका तिलक पौडेलसँग विवाह गरेकी थिइन् ।