बेलायतबाट 'चोखो माया' गीतको म्यूजिक भिडियो सार्वजनिक

बेलायतबाट 'चोखो माया' गीतको म्यूजिक भिडियो सार्वजनिक

लण्डन । गायक आवेश कुइंकेलको स्वर रहेको 'चोखो माया' बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द रबिन्द्र मल्ल, संगित कल्याण सिंह, दिनेश श्रेष्ठ, लुमन स्थापित संजीव मैनालीको रहेको छ । 

बेलायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस म्यूजिक भिडियोमा विकेश बस्नेत र कविता बिष्टको अभिनय रहेको छ । मोडल विकेशले बेलायतमा करिब एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

सार्वजनिक उक्त म्यूजिक भिडियोलाई बेलायतमा नै आफ्नो कर्मथलो बनाएका आशिष श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन् ।