'रुमाल रुमाल जाले रुमाल' बोलको गीत सार्वजनिक

'रुमाल रुमाल जाले रुमाल' बोलको गीत सार्वजनिक

काठमाडौं । गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल रुमाल जाले रुमाल बोलको गीत सार्वजनिक भएको छ । सो गीत अहिलेको लोकप्रीय तथा चर्चित गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वरमा शुक्रबार सार्बजनिक भएको हो ।  सो गीत सार्बजनिक भएको केही घण्टा मै युट्युबमा हिट भएको छ । 

म्युजिक भिडियोमा अभिनय तथा नृत्य नायक पल शाहले गरेका छन् । भिडियोमा पल शाहसँगै मोडल तथा नायीका गरिमा शर्माले नृत्य तथा अभिनय गरेकी छन् । सो गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी भिडियो निर्देशक प्रकाश भट्टले गरेका हुन् । म्यूजिक भिडियोमा निर्देशकको कला कौशल तथा मजबुत कोरियोग्राफीलाई धेरैले प्रशंसा गरेका छन् ।

यो गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ र  स्मृति शाही र पुष्पा बोहराले गीतमा समुह गायन गरी साथ दिएका छन् । प्रिजम डिजिटलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा अमर सुनारले एसिस्टेन्ट कोरियोग्राफी गरेका छन् । श्याम मल्ल र अनिता ग्वाछाको श्रृंगार रहेको भिडियोलाई साई भिजनले पोस्ट प्रोडक्सन गरेको हो ।