भर्चुअल रियालीटी गायन शो 'हल अफ फेम'मा नारायण गोपालको सम्झना

भर्चुअल रियालीटी गायन शो 'हल अफ फेम'मा नारायण गोपालको सम्झना

काठमाडौं । नेपालकै पहिलो भर्चुअल रियालीटी गायन शो 'हल अफ फेम'को नयाँ श्रृखलाहरुले दर्शकको मन जितिरहेका छन् ।  युट्यूबमा सार्वजनिक भएका नयाँ श्रृखलाहरुले सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । 

स्वरसम्राट नारायण गोपालको स्मरण गर्दै ११औं र १२ औं एपीसोडमा टप नौजनाले आ–आफ्नो प्रस्तुति दिएका छन् । नारायण गोपालको सानो वायो अनि निर्णयकहरुसँग नारायण गोपाललाई संझना गर्ने दुई कारणका बारेमा उनीहरुलाई सोधिएको थियो ।

निर्णायक दिप श्रेष्ठले आफू काठमाण्डौं आएपछि नै नारायण गोपाललाई भेटेको स्मरण गरे । नारायण गोपालले आफूलाई स्टुडियोमा गाँउदै गरेको देखेर आफ्नो साथीहरुसँग प्रतिक्रिया पनि जनाएको श्रेष्ठले कार्यक्रम हल अफ फेम सुनाए ।

‘एउटा मान्छेको मायाले कति फरक पर्दछ’ बोलको गीत स्मरण गर्दै निर्णायक रजिना रिमालले नारायण गोपालप्रति साधुवाद व्यक्त गरिन् । निर्णायक विवेक श्रेष्ठले स्वर, शब्द र संगीतको मिश्रणमा नारायण गोपाल उदाहरणीय भएको प्रतिक्रिया दिए । ‘उहाँका सबै गीतहरु संगीतको पाठशाला हो,’ विवेकले भने । ११औं श्रृंखलामा सबै प्रतिस्पर्धीहरुले नारायण गोपालका गीतहरु गाएका थिए ।