वृहत नागरिक आन्दोलनलाई नेवा पहिचान, नेवा राजनीतिक अभियानको समर्थन

वृहत नागरिक आन्दोलनलाई नेवा पहिचान, नेवा राजनीतिक अभियानको समर्थन

काठमाडौं । प्रतिगमनको विरुद्ध नेपालमा भैरहेको वृहत नागरिक आन्दोलनलाई नेवा पहिचान, नेवा राजनीतिक अभियानले सार्थन जनाएको छ । नेवा पहिचान, नेवा राजनीतिक अभियानका अध्यक्ष गंगाबहादुर नेमकुलले नेपालमा असंवैधानिक रुपले संदद् विघटन हुँदा आदीवासी जनजातीलगायत नेवाहरुको संस्कृतिक अधिकार, भूमिप्रति हुने सुरक्षालगायतका विषयमा पनि खतरा उत्पन्न भएको भन्दै यो अभियानमा समर्थन जनाइएको बताए । 

वृहत नागरिक आन्लोलनको समर्थनमा यो अभियानले ऐक्यवद्धता सम्वाद अभियानको पनि आयोजना गरेको छ । सो सम्वाद कार्यक्रम इजरायलको राति ८ बजे, पोर्चुगलको साँझ ६ बजे हुने भएको छ । 

सो ऐक्यवद्धता कार्यक्रममा वल्र्ड नेवा अर्गनाइजेशनका अध्यक्ष श्रीजन श्रेष्ठ, राष्ट्रिय नेवाः दयः दबुका अध्यक्ष नरेश ताम्राकारले सम्बोधन गर्ने भएका छन् । सो भेलामा विश्वभरी छरिएर रहेका नेवाः समुदायले सहभागिता जनाउने भएका छन् ।