नायिका सुष्मा कार्कीले खोलिन् श्वेता खड्काको पोल

नायिका सुष्मा कार्कीले खोलिन् श्वेता खड्काको पोल

काठमाडाैं । केहि दिन आघि आफूलाई श्वेता खड्का सहितले गालीगलौज र कुटपिट गरेको भन्दै नायिका सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी थिइन् । अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट गरेको भन्दै कार्की प्रहरी समक्ष उजुरी लिएर दरबारमार्ग सम्म पुगेकी थिइन् ।

सुष्माले सोमबार साँझ लन्डन पब क्याफेमा आफूमाथि कुटपिटको घटना भएको दाबी गरेकी सुस्माले बताएकी थिईन । सुष्माको दाबीको सत्यता बुझ्न प्रहरीले सिसिटिभी फुटेज मगाएर हेर्दा इकागजले प्राप्त गर्यो । सीसीटीभी फुटेजमा सुरुमा सुष्मा र पत्रकार उत्सव रसाइलीबीच विवाद भएको देखियो । पछि उत्सव अर्कोतिर लागे पछि श्वेताको बहिनी आरती खड्काले सुष्मालाई भुत्ल्याएको देखिएको थियो ।

यहि कुरामा सुष्माले एक अन्तर्वार्ता खुलाएकी छिन । श्वेताले आफ्नो बहिनीलाई कुट्न लगाएको आरोप लगाउदै खड्का र उनको साथमा रहेका पति तथा बहिनीले कुटपिटसँगै आफूलाई तथानाम गाली गरेको र अपशब्द प्रयोग गरेको बताइन् । मैले पनि एक चड्कन हान्न सक्थे नि तर मैले त्यसो गरिन, उनले भनिन् । श्वेताले मदिरामा मस्त रहेर उल्टै आफूलाई कुट्न केटाहरु बो बोलाएको सुष्माको आरोप छ ।