उत्सव र आरतीले सुष्मासँग माफी मागेपछि टुंगियो विवाद

उत्सव र आरतीले सुष्मासँग माफी मागेपछि टुंगियो विवाद

काठमाडाैं । नायिका सुष्मा कार्कीले मंगलबार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा आफूमाथि काठमाण्डौको लण्डन पबमा कुटपिट र गालीगलौज भएको भन्दै उजुरी दिएकी थिइन् । आफूलाई रंग पत्रकार उत्सव रसाइलीले गालीगलौज गरेको र नायिका स्वेता खड्काकी बहिनी आरती खड्काले कुटपिट गरेको भन्दै सुष्माले उजुरी दिएकी थिइन् ।

वुधबार दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको छ । नायिका सुष्मा कार्कीसँग रंग पत्रकार उत्सव रसाइली र आरतीले माफी मागेपछि विवाद सकिएको हो ।

सुष्माले उपस्थित मिडियाकर्मीसँग भनिन्–‘मान्छेबाट गल्ती हुन्छ, उहाँले स्विकार गरिसकेपछि मैले उहाँलाई माफी दिएकी छु ।’ उत्सवले केही कुरामा असमझदारी भएको भन्दै नहुने पर्ने घटना भएको भन्दै माफी मागेका थिए । 

‘हामीबीच एक खालको असमझदारी भएको थियो। नहुनुपर्ने घटना थियो,’ उत्सवले भने, ‘सुष्मामाथि नहुनेपर्ने आक्रामण भएको थियो। त्यसका लागि क्षमाप्रार्थी छौं।’

आगामी दिनमा यस्तो कुनैपनि खालको वादविवाद, भनाभना नगर्ने र एकअर्कालाई सम्मान गर्दै अघि बढ्ने सहमति भएको उत्सवले बताए।