केपी ओलीले नेपाललाई हिन्दु राज्‍य बनाउन कोशिस गरिरहेका छन्: सुरेन्द्र पाण्डे

केपी ओलीले नेपाललाई हिन्दु राज्‍य बनाउन कोशिस गरिरहेका छन्: सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले धर्मका कुरा गरेर राजनीतिक कुचेष्टा गर्न खोजेको आरोप लगाएका छन्। काठमाडौंको माइतीघरमा सरकारको कमदविरुद्ध प्रचण्ड(माधव पक्षले आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'केपी ओलीले हिजो चितवन पुगेर राममन्दिर बनाउने बनाउने घोषणा गरेका छन्। यता अस्ति पशुपति गएर बत्ती बालेर भाकल गरिरहेका छन्' उनले भने, 'ओली हिन्दु राज्‍य बनाउन कोशिस गरिरहेका छन्।' 

ओलीको कुचेष्‍टालाई जनताले चिन्ने उनले बताए। 'ओली कम्युनिस्ट भएनन्। ओलीले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएर देशलाई पछाडि फर्काउने प्रयास गरिरहेका छन्' उनले भने, 'ओली न्यायका पक्षमा उभिनेहरुलाई झम्टने गरेका छन्। त्यसैले  सुन केपी ओली तिमीले हिँडेको बाटो गलत छ। त्यसैले हामी परास्त गर्नका लागि सिंहदरबारनजिकै आएर बसेको छौँ।'

निर्वाचन आयोगले चुनाव गराउनका लागि ४० अर्ब माग गरेको बताउँदै ओलीले देश कंगाल बनाउन खोजेको आरोप लगाए।