प्रचण्ड र माधव नेपाल आज माइतीघरको धर्नामा सहभागी हुने

प्रचण्ड र माधव नेपाल आज माइतीघरको धर्नामा सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघरको धर्नामा सहभागी हुने भएका छन्। संसद विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षको धर्नामा दुवै अध्यक्ष सहभागी हुने भनेका हुन्।

यो समूहले गएको बुधबारदेखि माइतीघर मण्डलामा साताव्यापी धर्ना गरिरहेको छ। त्यसमा आज प्रचण्ड र नेपाल पनि सहभागी हुन लागेका हुन्। उनीहरू दिउँसो १२ बजे धर्नामा सहभागी हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।

‘प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेजीको मागसहित माइतीघरमा जारी धर्नामा आज १२ बजे नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदै हुनुहुन्छ’, रिजालले भनेका छन्।