मुख्यमन्त्री राईले गरे तामझाम सहित प्रितीभोज

मुख्यमन्त्री राईले गरे तामझाम सहित प्रितीभोज

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीबाट विजयी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक सुधार ऐनलाई चुनौति दिँदै तामझाम सहित  आफ्नो बिहेको प्रिती भोज गरेका छन । 

शंखुवासभा मुल घर काठमाडौं बस्दै आएकी २३ वर्षीया पुर्व मिस मंगोल तथा मोडल ज्याङ्मु शेपासँग ५० वर्षको उमेरमा ११ माघमा विवाह गरेका मुख्यमन्त्री शेरधन राईले शुक्रबार विराटनगर स्थित मनास्लु होटलमा तामझाम सहित प्रिती भोज आयोजना गरेका हुन् । 

 प्रिती भोजमा प्रदेश १ भरिका सिडिओ, प्रहरी, कार्यालय प्रमुखदेखि नेता, मन्त्री, सांसद, पत्रकार र शुभेच्छुक सहित करिब दुई हजार सहभागी थिए ।  मुख्यमन्त्री राईले कोरोना संक्रमण कालमा तामझाम सहित बिहे भोजको आयोजना गर्नु सामाजिक सुरक्षा ऐनको खिल्ली उडाएको सर्वसाधारणहरुले बताएका छन् ।

कोरोना रोकथाममा सर्वसाधारण नागरिक र कर्मचारीबाट चन्दा संकलन गरेका मुख्यमन्त्री राईले शाही शैलीमा बिहे गरेर समाजिक संस्कारलाई झन खर्चिलो र भड्किलो बनाउन प्रेरित गरेको सर्वसाधारण बताउँछन ।

 मुख्यमन्त्री राई आफैँ पनि सदाचारी आचरण पालना गर्नुपर्ने कम्युनिष्ट पार्टीका नेता समेत भएकोले उनको भड्किलो बिहेले सांस्कृतिक आचरणमा प्रश्न थपिएको छ । सामाजिक सुधार ऐन अनुसार ५० जना भन्दा बढी जन्ती लगेर भड्किलो खर्च गरेर बिहे गर्न प्रतिबन्ध लगाइएको छ ।