निर्वाचन आयोगले ओलीलाई धक्का दियो– माधव नेपाल

निर्वाचन आयोगले ओलीलाई धक्का दियो– माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री केपी  ओली समूहलाई धक्का दिएको दाबी गरेका छन् ।  

प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रवार नेकपाले विराटनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले मनोनयन गरेका केन्द्रीय सदस्यलाई आयोगले अवैध घोषणा गरिदिएको बताएका हुन् । 

‘निर्वाचन आयोगले ओलीलाई धक्का दिएको छ, सडकछाप पार्टीको १५०० केन्द्रीय सदस्यलाई मान्यता दिएको छैन । बाटाबाटामा डम्फु बजाउँदै केन्द्रीय सदस्य बनाइएका सदस्यको बेहाल, बिजोक, घर न घाट भएको छ,’ नेपालले भने, ‘आयोगले पछारिसकेपछि पनि खुट्टा उचालेर मेरो खुट्टामाथि छ भन्दै हुनुहुन्छ ।’