युट्यूवमा पनि सार्वजनिक भयो चलचित्र ‘आमा’ (चलचित्रसहित)

युट्यूवमा पनि सार्वजनिक भयो चलचित्र ‘आमा’ (चलचित्रसहित)

काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘आमा’ युट्वमार्फत सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले बुढासुब्बा डिजिटलको आधिकारिक युट्यूव च्यानलमार्फत फिल्म सार्वजनिक गरेको हो । फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त रहेकी छन् ।

फिल्म अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ। अभिनेत्री सुरक्षाले पिताको दाहसंस्कार गर्न कपाल खौरिएको दृश्यले दर्शकलाई भावुक बनाउछ ।

दीपेन्द्र के। खनालको निर्देशनमा बनेको यो फिल्मका लेखन तथा छायाँकार समेत उनै हुन् । फिल्मकी निर्मात्री शर्मिला पाण्डे हुन् भने फिल्ममा सुरक्षा र मिथिलाका अलावा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । फिल्मको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो ।