फरार अपराधीलाई फूलको माला लगाएर नेकपा प्रवेश गराएर  उपप्रधानमन्त्रीले

फरार अपराधीलाई फूलको माला लगाएर नेकपा प्रवेश गराएर  उपप्रधानमन्त्रीले

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा नेता तथा  उपप्रधानमन्त्री ईश्वर पोखरेलले फरार अभियुक्त रामनारायण यादवलाई माला लगाएर नेकपामा प्रवेश गराएका छन् । मंगलबार उनले राजविराजमा आयोजित आमसभामा उनलाई प्रवेश गराएका हुन् । राजविराजको आमसभामा सहभागी हुन आउनेलाई सत्तारुढ नेकपाले खाजा र दुई सय रुपैयाँ बाँडेको थियो ।

उपप्रधानमन्त्री पोखरेलले फूलमाला, अवीर लगाएर भित्र्याएका रणवीर सिंह भनिने यादव यादवलाई विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय तोकेको छ । यादव विगतमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष थिए ।

दिपक मनांगे, बालकृष्ण ढुंगेल, प्रभु साह, प्रेम आले जस्ता विवादित व्यक्तित्व पछिल्लो समय नेकपामा ठाउँ पाएका छन् ।