प्रचण्ड र नेपाललाई पार्टीमा फर्कन उपप्रधानमन्त्री पोखरेलको आग्रह

प्रचण्ड र नेपाललाई पार्टीमा फर्कन उपप्रधानमन्त्री पोखरेलको आग्रह

उदयपुर । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले नेकपा औपचारिक ढंगले फुटिनसकेको बताएका छन् । प्रेस संगठनद्वारा उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

उदयपुरको कटारीमा आयोजित जनसभालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगको पछिल्लो निर्णयले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई चिन्ने भएकाले अहिलेसम्म नेकपा एक रहेको ठोकुवा गरे ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरे । निर्वाचन आयोगको फैसला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को फुटविरुद्ध रहेकाले प्रचण्ड र नेपालले प्रधानमन्त्रीमाथिको आरोपपत्र फिर्ता लिएर चुनावमा सहभागि भए पार्टी थप मजवुत हुने नेता पोखरेलको भनाइ थियो ।