प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडाैं । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । 

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १९ माघमा भ्रातृ संस्था, २४ माघमा शुभेच्छुक र ३० माघमा ७७ वटै जिल्ला कार्यसमितिले प्रदर्शन गर्ने निर्णय गरेको हो । 

काठमाडौं उपत्यकाका तीन जिल्लाको भने संयुक्त रूपमा प्रदर्शन र सभा हुने कांग्रेसले जनाएको छ । यस्तै बैठकले अधिवेशन हुन बाँकी भ्रातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय पनि गरेको छ ।