प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए। २०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनले मुद्दा हालेका हुन्। 

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ुएकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउनु भन्ने टिप्पणी गरेक थिए। अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो। 

ुखड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको शब्द लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन अनुरोध छु, निवेदनमा भनिएको छ।