ओली कागजी तानशाह हुन्, ढल्न समय लाग्दैन: रामकुमारी झाँक्री

ओली कागजी तानशाह हुन्, ढल्न समय लाग्दैन: रामकुमारी झाँक्री

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भइसकेको बताएकी छन्। उनले प्रधानमन्त्री ओली तत्कालीन राजा ज्ञानेन्द्रको पथमा लागेको बताइन्। 

उनले ज्ञानेन्द्र पनि राजतन्त्र सकिने बेला नागरिक अभिनन्दन खाँदै देशभरीका शक्तिपीठ धाउँदै गरेको र अहिले ओली त्यसैको सिको गरेर शक्तिपीठ धाउन थालेको बताइन्। उनले ओली कागजी तानशाह भएको बताउँदै ढल्न समय नलाग्ने बताइन्।

‘तत्कालीन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिँदै थियो। ठीक त्यही बेला उनले ‘नागरिक अभिनन्दन’ खादै देशभरीका शक्तिपीठ धाउँदै गरेको खुब याद आयो खड्ग प्र। शर्मा ओलीले शक्तिपीठ धाएको देखेर। उनको दिनगन्ती सुरू भयो अब। कागजी तानाशाह ढल्न समय लाग्दैन’, झाँक्रीले ट्विटरमा लेखेकी छन्।