माधव नेपालले तेल खाएनन्‌, तर कोल चाटे: सूर्य थापा

माधव नेपालले तेल खाएनन्‌, तर कोल चाटे: सूर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय कमिटी सदस्य सूर्य थापाले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि कडा कटाक्ष गरेका छन्। एकीकृत पार्टीमा तेस्रो अध्यक्ष बन्न भन्दा नेपालको मनले नमानेको दावी गर्दै थापाले ुतेल दिँदा नखाएको, तर कोल चाटेकोु भन्दै व्यंग्य गरेका हुन्। 

पहिले दरबारको पश्चिम ढोकामा नेपालले स(भक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको र अहिले पनि स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा भएको थापाले आफ्नो फेसबुकमा उल्लेख गरेका छन्।

​थापाले अन्तिममा लेखेका छन्, ुउधारो हुन्न, हाताहाती चाहिन्छ, पेरिसडाँडामा कुखुरी काँ रुु