आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्रचण्ड–नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध सोमवार आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने भएको छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी विरोधका कार्यक्रम घोषणा गर्न लागिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।  माघ ९ गते काठमाडौंमा विरोध सभा गरी यसअघिका आन्दोलनका कार्यक्रम समापन गरिएको थियो । 

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजन भएको थियो । निर्वाचन आयोगले भने नेकपा विवादलाई वैधानिकता दिन अस्वीकार गरेको छ ।