बाइडेनको सपथ समारोहमा लेडी गागाको प्रस्तुती

बाइडेनको सपथ समारोहमा लेडी गागाको प्रस्तुती

काठमाडौं । अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ समारोहमा सुपरस्टार अमेरिकी गायिका लेडी गागाले राष्ट्रियगान गाउने भएकी छन् ।

जनवरी २० मा आयोजना हुने शपथ ग्रहण समारोहमा हलिउड स्टार जेनिफर लोपेज पनि सहभागी हुने जनाइएको छ । तर उनको भूमिका के हो भन्ने बारेमा केही खुलाइएको छैन ।

गत नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति ट्रम्पलाई हराउँदै बाइडेन निर्वाचित भएका थिए ।