अमेरिकी संसदमा भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या चार पुग्यो, ५२ जना पक्राउ

अमेरिकी संसदमा भएको आक्रमणमा ज्यान गुमाउनेको संख्या चार पुग्यो, ५२ जना पक्राउ

वासिंगटन । अमेरिकाको राजधानी वासिंगटनमा रहेको संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले गरेको आक्रमणका क्रममा चार जना प्रदर्शनकारी मारिएका छन् । वासिंगटन प्रहरीले थप तीन जना प्रदर्शनकारी मारिएको पुष्टि गरेको छ । प्रहरीका अनुसार एक महिलाको प्रदर्शनका क्रममा मृत्यु भएको हो भने अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार अहिलेसम्म प्रहरीले ५२ जनालाई पक्राउ गरिसकेको छ । जसमध्ये ४७ जनालाई कफ्र्यु तोडेको आरोपमा पक्राउ गरिएको हो ।

संसद भवनभित्रै प्रहरीको गोली लागेर सान डिएगोकी एसली बेबिटको मृत्यु भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी अमेरिकी वायुसेनामा समेत काम गरेकी महिला हुन् । 

अमेरिकी कङ्ग्रेसमा नब निर्बाचित राष्ट्रपति  जो बाइडेन बिजयी भएको औपचारिक पुष्टि गर्न छलफल भै रहेको बेला ट्रम्प समर्थकहरु हतियार सहित सुरक्षा घेरा ताडेर संसद भबनमा प्रबेश गरि आक्रमण गरेका थिए ।